काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन गरेको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन गरेको बताउनु भयो । उहाँले सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग […]

काठमाडौँ । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ । राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी […]

बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा […]

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको संसदमा पेश गर्नुभएको छ । संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट पेस गर्नुभएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवान पाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले […]

कृष्णनगर । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा–२ गणेशपुरका ३२ वर्षीय हरिसचन्द्र मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो । सोही ट्रान्सफर्मर […]

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो । एक […]

काठमाडौं । प्रमुख प्रतपक्ष दल नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मंगलवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, […]

त्रिवेणी । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी पर्नुभएको थियो । “बाटोमा बिरामी भएपछि […]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने जनाउनु भएको छ । गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास सुरु गरेका जानकारी गराउदै उहाँले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने जनाउनु भएको हो । गृहमन्त्री लामिछानेका अनुसार  सो समयमा मापसे लगायत ट्राफिक नियमको उलंघन […]