बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थपिँदैछ । कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर ४ दिनदेखि थुनामा […]

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका–१ मा गए राति आगो ताप्ने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने सासू–बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी–१, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया […]

भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि छिन्चु खोला, तोली खोला र कालपानी खोलामा २४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा संकलनको अनुमति दिएको छ। नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनले ६८ लाख ९६ हजारमा ठेक्का लिएको छ। प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा […]

२१ माघ, पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् । ‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन […]

दाङ ।   दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो […]

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा हुने भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । यो वर्ष अहिले पुनः पश्चिमी वायुको प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले बादल लाग्न सुरु भइसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो प्रणालीले आइतबार (भोलि) […]

संखुवासभा । संखुवासभाको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३, हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर […]

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि […]

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन्। शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको आरोप लगाएका हुन्। उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही […]