काठमाडौँ । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एलिना निकै चर्चामा रहेकी गायिका हुन् भने विष्णु अस्ट्रेलियामा […]

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गतराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको […]

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज […]

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ । लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी कामपा […]

ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जितपुर–सीमरा गोल्डकपको फाइन खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको हो । बारा प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दूरसञ्चार नजिक ट्याङ्करको ठक्करबाट […]

एजेन्सी । हाल बलिउडका किंग शाहरुख खान सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दैछन् । भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका […]

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् […]

काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ । इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ९४ जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३३ हजार ७९७ र घाइतेको सङ्ख्या ७६ हजार ४६५ पुगेको छ । […]

काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहा:द्य:को रथयात्रा आजदेखि सुरु हुँदैछ । पाहाँ च:ह्रे जात्राको समापनलगत्तै जनबहा:द्य: अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती […]