समाचार
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको जनाएको हो । टेलिभिजनले हेलिकोप्टरमा ‘जीवनको कुनै सङ्केत नरहेको’ जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको“ जनाइएको छ । त्यसमा […]
काठमाडौँ । लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतवार नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन राना रहेका छन् । जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै […]
काठमाडौं। चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे। यो चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि चलचित्र ‘रङ्गेली’ बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ। कार्यकारी निर्माताको […]
काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका […]
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भई हाल सम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि […]
काठमाडौँ । संसद बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि बैठक सारिएको हो । विपक्षी मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन आग्रह गरेको थियो । सोहिअनुसार बैठकको समय परिवर्तन गरिएको हो ।
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताउनुभएको छ । आईतवार माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर बिरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यवद्धता जनाउँदै यस्तो बताउनुभएको हो । उहाँले अटिजम काउन्सिलरहरुको लागि इजाजतपत्रको व्यवस्था गर्न […]
एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् । इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए । ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै […]
काठमाडौँ । दु:ख र पापबाट मुक्ति पाउने जनविश्वासका साथ प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीका दिन ‘मोहिनी एकादशी’ पर्व मनाइन्छ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दु:ख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोक सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरू भत्काउन थालिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । अतिक्रमित संरचना हटाउन महानगरले चार वटा डोजरको प्रयोग गरिरहेको छ । काठमाडौंका मेयर बालेन शाहले अतिक्रमित संरचना […]











