समाचार
काठमाडौं । सरोकारवालाहरूले युवाहरूलाई गलत सूचना र गलत सूचनाविरुद्ध लड्ने दृष्टिकोणका साथ सशक्तिकरण गर्दै लोकतान्त्रिक इकोसिस्टम अपलोड गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल एकीकृत विकास केन्द्रले आयोजना गरेको ‘कम्बेटिंग डिसइन्फर्मेसन एन्ड मिसइन्फर्मेसन टु फाउल्ड डेमोक्रेटिक इकोसिस्टम’ विषयक दुईदिने तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले युवा समुहलाई लोकतान्त्रिक भविष्य जोगाउन गलत सूचना र विकृतिको बढ्दो खतराबारे […]
हाल भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली कांग्रेस जन सम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरुले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो । सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको […]
आज राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ। बैंकले ऋणीलाई ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । यो योजनामा बैंकले स्थिर ब्याज प्रणली लागु गर्दैछ। ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज तथा ०.५ प्रतिशत प्रोसेजिङ फि प्रणलीमा लोन लिन सकिने छ । यो योजना […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीले भदौ १ गतेदेखि बालरोग पेट विशेषज्ञ र न्यूरोलोजी मस्तिष्क विशेषज्ञको सेवा सञ्चालन गरेको छ । डा शर्माले सम्हालेपछि केएमसीले अधिक भन्दा अधिक सेवा उद्धेश्य बनाएसँगै भदौ १ गतेदेखि बालरोगका विभिन्न विधासमेत थपेर उपचार सेवालाई थप मजबुत बनाइएको केएमसीका प्रबन्धक एवं प्रमुख […]
स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए । दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि […]
दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटबाट जुम्लेकुलामा सारिएको छ। यसअघिसम्म शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट सञ्चालन हुँदै आएको कार्यालय वडाकै जुम्लेकुलामा सारिएको हो। पहिलेको ठाउँभन्दा झन्डै साढे २ किलोमिटर पश्चिममा स्थान गरिएको हो । गत माघमा गाउँपालिकाको १५ औं गाउँसभाले कार्यालय स्थानान्तरण गर्ने निर्णय पारित गरेको थियो। तर, त्यसको विरूद्धमा चिराघाटमा चिया नास्ताको पसल सञ्चालन गर्दै आएका […]
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो । मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको […]
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । आज दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा राणालाई स्वागत गर्नुभएको थियो । सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग […]
काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री […]
काठमाडौँ, २८ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर […]











