समाचार
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको थियो […]
महोतरीको बर्दिबासमा एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट सिन्धुलीको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । वीपी राजमार्गमा बुधबार राति बर्दिबास–३ […]
स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ। मंसिर १६ […]
देशलाई ऋणको भार थपिने सम्झौता स्वीकार्न सकिँदैन, अनुदान भए आपत्ति छैन् सत्ता साझेदार दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नभएर अनुदानमै लिनुपर्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरुको छलफलपछि सो निष्कर्ष निकालेर ओलीलाई सन्देश पठाईएको प्रवक्ता […]
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता मा डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छन। जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो। गैरआवासीय नेपाली संघ एनआरएनका नेता नेपाली कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि […]
नेपाली कांग्रेसका सांसद डा. सुनिललकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले दोलखामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कारितास नेपालको आयोजनामा दोलखाको विगु गाउँपालिकास्थित सिंगटीमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ६०३ जनाले सेवा लिएको केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा ८७ जनाको ल्याब परीक्षण, ७७ […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरु पनि रहेका उल्लेख गर्नुभएको छ । युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० बर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक […]
झापाको मेचीनगरबाट कांग्रेसको युवा संकल्प यात्रा सोमबार जनकपुरधाम पुगेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पुर्व केन्द्रिय महामन्त्री जेभूपेन्द्रजंग शाहीलगायतको समन्वयमा युवा मेचीनगरदेखि महनेन्द्रनगरसम्म संकल्प यात्रा रहेको हो। सोमबार नेपाली कांग्रेसका पुर्व उपसभापति एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो निजि निवास जनकपुरधाममा स्वागत तथा सम्मान गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत […]
काठमाडाैं- नेपाली कांग्रेसको १५औं महाधिवेशन आउन अझै बाँकी छ । तर, नेपाली कांग्रेसमा आगामी नेतृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालिसकेको छ । सभापति पदको लागि डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा .शशाङ्क कोइराला, गगन थापा लगायतका नेताहरुले तयारी थालेका छन् । यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका युवा नेताहरुले पनि आन्तरिक […]
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिध सभा सदस्य एवं काँग्रेस नेता डा. सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहाई गर्न माग गरेका छन् । प्रसाईं पक्राउ परेलगत्तै आज सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर सांसद शर्माले यस्तो माग गरेका हुन्। बोलेकै आधारमा सामाजिक अभियन्तालाई पक्राउ गर्नु राज्य आतङ्क भएको उनको आरोप छ । प्रसाईंले पनि […]











