समाचार
भक्तपुर । कक्षा १२ परीक्षा आज शुक्रबारदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ […]
काठमाडौं । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नं. १ (क)मा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको छ । सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको जनाएको छ । प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र […]
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-६ जरहवागाछीमा भएको आगलागीपछि ५ सयभन्दा बढी मानिस घरबारविहीन भएका छन् । बुधबार लागेको आगोले त्यहाँका १ सय १० घर जलेर नष्ट भएका थिए । आगोले सत्ताकपडासँगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको विचल्ली भएको हो । आगलागीपीडितले वस्ने शितल ठाउँ पनि पाएका छैनन् । खानेकुरा र बस्ने ठाउँ नहुँदा […]
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताउनुभएको हो । उहाँले बैठकमा बोल्दै […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भन्दै रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक […]
काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रुपमा अथ्र्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमति एवं समझदारी पनि भएका […]
जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । औरही गाउँपालिका-१ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएकोमा एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले बल प्रयोग अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र उनीहरुबित्र झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ […]
एजेन्सी । बलिउड अभिनेत्री मनिषा कोइराला सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डी: द डायमण्ड बजार’का कारण अहिले चर्चामा छिन् । आजकल मनिषा यस सिरिजको प्रमोशनमा निकै व्यस्त छिन् । यस क्रममा उनले पुराना दिनहरु सम्झदै फिल्म ‘दिल से’ को उल्लेख गर्दै शाहरुख खानको बारेमा धेरै रोचक खुलासा गरेकी छिन् । मनिषाले भनिन्, ‘ठूलो स्टार भए पनि […]
ढोरपाटन । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त […]
काठमाडौं । देशका विभिन्न थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे.११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-७ बस्ने ३५ वर्षीय पहाडी थारूको मृत्यु भएको […]










