काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्‍यो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको […]

यज्ञ बहादुर ओली – शिक्षकहरू अहिले सडकमा छन्। उनीहरू सेवा सुरक्षा, तलब संरचना, सरुवा प्रक्रिया र शिक्षा सेवा ऐनको माग गर्दै आफ्नो आवाज बुलन्द गरिरहेका छन्। म एक निजामती कर्मचारीको हैसियतले यो आन्दोलनलाई केवल शिक्षकहरूको सीमित मुद्दाका रूपमा होइन, समग्र सरकारी सेवाको भविष्यसँग जोडिएको संघर्षका रूपमा हेर्छु। साझा पीडा, फरक स्वर: हामी शिक्षक होइनौँ, तर […]

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी पार्क) बनाउन निजी क्षेत्रबाट झन्डै ३० अर्ब रुपैयाँ लगानी हुने भएको छ । निफ्रा होल्डिङ्सले आईटी पार्क पूर्वाधार बनाउन २९ अर्ब ८२ करोड रुपैयाँ लगानी प्रस्ताव लगानी बोर्डमा पेस गरेको छ । आईटी क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठूलो लगानी हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्न लागेको […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङर महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु […]

काठमाडौँ । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँमा वायु प्रदूषणको मात्रा केही घटेको छ । केही दिनअघि विश्वकै प्रदूषित सहर बन्दै आएको काठमाडौँ यो समाचार तयार गर्दै गर्दा विश्वको प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा पुगेको छ । हाल काठमाडौँको एक्यूआई १३३ रहेको छ । अझै पनि काठमाडौँको हावामा पीएमको मात्रा २.५ रहेको छ । […]

धनगढी । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो राति चट्याङ लागेर सोही स्थानका लहरी नागरीकी श्रीमती ४० वर्षीय कमला नागरीको मृत्यु भएको हो। चट्याङको सो घटनामा मृतक कमलाका छोराछोरीहरू तारा, अविशेक, अबि, र ३ महिनाका शंकर नागरी […]

बाँकेको यातायात व्यवस्था कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरेको छ। लाइसेन्समा करोडौँ लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो। यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा […]

झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया […]

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । काँक्राखोरका बासिन्दा ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेका थिए । घटनाको कारण नखुलेको र […]