समाचार
एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् । हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । […]
जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । आजै नेकपा एमालेका मन्त्रीहरुले पनि राजीनामा दिने तयारीमा छन् ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न माग गरेका छन्। गिरीबन्धु टि-इस्टेटको जग्गा प्रकरणमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि मेयर बालेनले स्टाटस लेखेर कारवाही माग गरेका हुन्। त्यस्तै, उनले गिरिबन्धु टि स्टेको ३४४ विघा जग्ग साटफेर गर्न दिने निर्णय ओली सरकारले गरेको थियो। सो निर्णयविरुद्ध […]
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिनुभएको छ । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न […]
एजेन्सी । अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीलेसामाजिक सञ्जालमा उत्तरी बाघलान प्रान्तमा मात्रै ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ हजार भन्दा बढी […]
एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुन ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । हालै यो चलचित्रको पहिलो गीत रिलिज भएको छ, जसमा अभिनेताको ‘स्वाग’ले मानिसको मन जितेको छ । यस फिल्मको चर्चाबीच अल्लु अर्जुनको बारेमा एउटा नराम्रो खबर बाहिर आएको छ । आन्ध्र प्रदेश प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । लोकसभा […]
वैवाहिक बलात्कारको आरोप लागेपछि गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले बताए । नेपाल आइडल सिजन– २ का विजेता कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । श्रीमतीको उजुरीपछि […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गर्नुभएको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको […]
लस एन्जलस । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । नासा र स्पेसएक्सले मिशन प्रक्षेपण गर्न जुन २५ लाई लक्षित गर्दै छन् । त्यसको कोडनाम ‘जियोस्टेशनरी अपरेशनल इन्भारोन्मेन्टल स्याटालाइट […]











