समाचार
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति (Feminist Foreign Policy) को आवश्यकतामा जोड दिनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभएको हो । जहाँ पितृसत्ता बढी […]
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले कुनै अमर्यादित व्यवहार नगरेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारी ठगी प्रकरणका आरोपितहरूप्रति सरकार गम्भीर रहेको प्रष्ट पारे। लेखकले भने, “लाखौं गरिब जनताको अर्बौं रुपैयाँ ठगी गर्नेले भीड जम्मा गरेर न्यायको कुरा सिकाउन मिल्दैन। सरकार लामिछानेमाथि कुनै […]
सुर्खेतको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माण शुरु ।नेपालका सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्र, जो भेरी नदीले घेरिएको एक टापुमा स्थित छ, अब ऐतिहासिक विकासको गवाह बन्ने तयारीमा छ। यहाँ नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ। पुलको शिलान्यास नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरे। उनले […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तक्र्रियामा उहाँले भन्नुभयो “जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो जोखिममा छ भन्ने बारेमा नेपालका […]
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ सहयोग गरेका छन्। सुर्खेतमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका क्रममा उनले यो सहयोग घोषणा गरेका हुन्। मानव सेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि २० करोडको लागत योजना बनाएको छ। महायज्ञ आयोजक […]
काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले देशव्यापी सफलता हासिल गर्दै ३५ जिल्ला, ४ प्रदेश, र केन्द्रीय समितिमा ८ पदाधिकारी तथा २४ सदस् सहित आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ। प्रेस युनियनले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायतका सबै प्रदेशमा बलियो उपस्थिति जनाउँदै पत्रकार महासंघको नेतृत्वमा अग्रस्थान लिन सफल भएको हो। […]
शारदा नगरपालिकाको आयोजना, नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग र Ridley Eye Foundationको आर्थिक सहकार्यमा निःशुल्क आँखा शिविर शीतलपाटी आँखा उपचार केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ। मंसिर २८ र २९ गतेका लागि तय गरिएको यो शिविर बिरामीको ठूलो चापका कारण ३० गतेसम्म सञ्चालन गरिएको थियो। शिविरमा ६९० जनाको आँखा परीक्षण गरिएकोमा, २०९ […]
नेपालको राजनीतिक परिदृश्य पछिल्ला केही दशकदेखि परिवर्तनशील छ। बहुदलीय प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रको स्थापनासँगै देशले राजनीतिक रूपमा धेरै उतार-चढाव देखेको छ। तर, परिवर्तनका यी लामो चरणहरूबाट अपेक्षित विकास र सुशासनको सपना अझै अधुरो छ। यसले नेपाली युवाहरूको राजनीतिक दलप्रति विश्वासलाई कमजोर बनाउँदै वितृष्णा जन्माएको छ। १. राजनीतिक अस्थिरता र नेतृत्वको असक्षमता पछिल्ला वर्षहरूमा नेपालले सरकारको […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा उहाँहरुबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । सो भेटका क्रममा मन्त्री डा देउवाले नेपाल आगामी सन् […]
सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए । दाताले करोडौं रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ […]











