राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस निवेदनमा आजै फैसला आउने सम्भावना रहेको छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । सहकारी ठगी प्रकरणमा उच्च अदालत […]

यादवबाट बिगो जफत प्रयोजनका लागि अख्तियारले पत्नी अमृतालाई पनि प्रतिवादी कायम गरेको छ  काठमाडौं उपत्यका विकास प्राधिकरणमा करारमा कार्यरत कर्मचारीको तीन करोड २९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति भेटिएको छ । स्रोत नखुलेको गैरकानुनी सम्पत्ति भेटिएपछि प्राधिकरणको काठमाडौं जिल्ला आयुक्तको कार्यालयद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ । बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको […]

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार […]

काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको […]

बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले […]

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना इन्स्पेक्टरको कमान्डमा गएको टोलीलाई लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेको […]

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार मध्याह्न महानगर पुगेका उनलाई कर्मचारीहरूले स्वागत गरेका छन् । नगरप्रहरीले उनलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । तर, नगरप्रहरीको घेरा तोडेर उनी कार्यालय प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए । ०८१ पुस १४ गते निलम्बनमा परेका […]

गत चैत ४ गते प्रहरीले काठमाडौँको टोकामा ट्रकबाट २५ करोड विदेशी मुद्रा बरामद गर्यो । प्रहरीले टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो। ट्रकका चालक थिए-कुसाङ लामा उर्फ फुच्चे । त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ […]

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छली गरी ल्याएका ल्यापटप र मोबाइलसहित विभिन्न मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मी मगर, पाँचथरका कमला फियाक, मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी तथा हुकुमबहादुर मल्ल, उदयपुरका सुमित केसी र मोरङका रसिद आलम छन् । दुबईबाट नेपाल आउने यात्रुलाई १–१ थान ल्यापटप […]