Author: सुधार आवाज
आजको व्यस्त जीवनशैलीले मानिसहरुलाई अनावश्यक कुरा काटेर बस्न परेको छैन । तर, यसको नकारात्मक असरले भने हाम्रो जीवनशैली तनावयुक्त हुन थालेको छ । व्यस्त जीवनशैली बाहेक ब्रेकअप, सम्बन्ध विच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ । यी समस्याहरुलाई मानिसले मनमा लिन्छन् र तर्सन थाल्छन् । यस्तो […]
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ठाडो निर्देशनमा नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएपछि अन्य पाईलट तथा उडान सम्बद्ध कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले सोमबार उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो । पन्त न्यारो बडी जहाज […]
काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । पक्राउ बारे थप विवरण आउने क्रममा छ ।
एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो । लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स […]
एजेन्सी । अदा शर्मा अहिले आफ्नो फिल्म ‘बस्तर द नक्सल स्टोरी’ को कारण चर्चामा छिन् । लामो समयदेखि खबरहरू आइरहेका थिए कि उनी स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेकी छिन् । अहिले उनले आफैंले एक अन्तर्वार्तामा आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् । इ–टाइम्सको रिपोर्ट अनुसार, अदा शर्माले अक्टोबर २०२३ […]
एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । यो खेलको नतिजाको छिनोफानो सुपर ओभरबाट भयो । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो । यसअघि टी–२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । […]
काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ। सोमबार बिहान एसका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए […]
काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक सोमबार बिहान विभागले पिच गर्न थालेको थियो । सडक टाल्ने काममा मेयर बालेन शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको छ । सोहि क्रममा न्यूरोड पुगेका सडक विभागका प्रतिनिधि र महानगरका […]
ओलीमाथि बालेनको आक्रोश ः १० हजार करोडको काण्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले ओलीले गिरिबन्धु टी(स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको […]
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको हो । सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रनमात्रै जोड्यो । ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा […]











