पछिल्लो समयकी सर्वाधिक व्यस्त नायिका आँचल शर्मा फिल्म ‘जेरीः अन टपमा अनुबन्धित भएकी छिन् ।  निर्माणपक्ष र नायिका आँचल शर्माबीच शुक्रबार कागजी संझौता भएको छ । योसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पनि पुरा भएको छ । यो फिल्मको शीर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्दैछन् । अनमोलसँगै फिल्ममा नायिका आना शर्मा पनि फाइनल भइसकेकी थिइन् […]

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दक्षिणकालीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । सक्रिय युवा समूह र फर्पिङ सेकेन्डरी स्कुल दक्षिणकाली नगरपालिका वडा ६ को आयोजना तथा केएमसीको प्राविधिक सहयोगमा फर्पिङ सेकेन्डरी स्कुलको  विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको हो । शिविरमा ६९३ बिरामीको निःशुल्क […]

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयो । गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित […]

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले […]

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल–जवाफका क्रममा ओलीले बालेनले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे । गिरीबन्धु प्रकरणमा आफूबारे बालेनले गरेको टिप्पणीलाई लिएर ओलीले […]

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् । गृहमन्त्री लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको दाबी गरेका हुन् । गत […]

  दाङ । श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । शुक्रबार बिहान तुलसीश्रीपुर उपमहानगरपालिका– ६ डुम्रीगाउँस्थित घरमा श्रीमतीको हत्या गरी सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए। हत्या गरि फरार रहेका बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। शान्तिसेनाबाट […]

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतमाथि हातपात भएको छ । बिहिबार दिल्ली आउँदा चण्डीगढ एयरपोर्टमा सीआईएसएफ लेडी कन्स्टेबल कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । किसान आन्दोलनलाई लिएर कंगनाको अभिव्यक्तिलाई लिएर महिला कन्स्टेबल रिसाएकी थिइन् । कंगना र कन्स्टेबलबिच भनाभन भएको थियो । […]

 बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा टिप्न […]

  दाङको तुलसीपुरमा नेपाल आर्मीका एक जवान श्रीमतीको हत्या गरी फरार भएका छन्। शुक्रबार बिहान सवा ८ बजेतिर तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या गरी ३६ बर्षीय शालिकराम बुढाथोकी फरार भएका हुन्। खुकुरी प्रहार गरी शालिकरामले श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश […]