Author: सुधार आवाज
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा प्रभावित बनेको हो । समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका […]
काठमाडौं । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एक हप्ता अगाडि नै क्यानडा पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । एक अन्तरवार्तामा बोल्दै अध्यक्ष चन्दले सन्दीप गोप्य तरिकाले एक हप्ताअगाडि नै नेपालबाट प्रस्थान गरेको बताएका हुन् । सन्दीपले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । […]
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ । आईसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव […]
नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोट देखी हुम्ला सिमिकोटको क्रममा आज हुम्लाको सिमिकोटमा बृहत् कार्यक्रम गरेर सम्पन्न भएको छ। सुदृढ अभियानका संयोजक एवं कर्णाली प्रदेश सभापतिला प्रत्यासी भुपेन्द्रजंग शाहीले सल्यानको कपुरकोट देखी यात्रा संचालन गरेका थिए। शाहीले पहिलो चरणमा सल्यान,रुकुम,डोल्पा र जाजरकोट र दैलेखको सदरमुकाममा कार्यक्रम गरेर सकाएका थिए। कर्णालीको प्रदेश राजधानी सुर्खेतमा […]
कमलामाई । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ । प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो । इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय […]
सन्दीप लामिछानेले टि 20 बिश्वकप खेल्ने , क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेक छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट […]
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले झोलुङ्गे पुलका लट्ठा चुँडिदा १४ वटा खच्चर पुलमै अड्किएको विषयलाई चासोका रुपमा लिएका छन् उनले पुलको लट्ठा फेर्न नसक्ने सरकारले देशको मुहार फेर्छु भन्दै हिँडिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्ड सरकारका कुरा नेपाली जनताले आखिर कहिलेसम्म पत्याउने भन्दै पश्न समेत गरेका छन् । […]
काठमाडौँ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । कान्तिपुर सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिटको बचत रकम अपचलन गरेर फरार भएका लामाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले […]











