Author: सुधार आवाज
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो । महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो […]
बैतडी । बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी रहेका छन् । प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयो । […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र […]
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि […]
काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा समितिको बैठक बसिरहेको छ । एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न आजबाट काम थाल्ने जनाएको थियो । सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न जेठ १५ मा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताउनुभएको हो । उहाँले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनु […]
गाइका मधु क्षेत्रीले घरेलु हिंसामा सिकार भएको कुरा उनी स्वयमले टिकटक लाइभ र स्टाटस मार्फत जानकारी गराएकी छ्न। २ बर्ष अगाडी गायिला मधु क्षेत्री अस्ट्रेलियामा बस्ने सुरेस खडका संग वैवाहिक जिबनमा बाधिएकि थिइन । एक बर्ष अगाडि उनकि छोरी सहित मधु आफ्नो श्रीमानको साथमै बस्ने भन्दै अस्ट्रेलिया पुगेकी थिइन । यस अघि सम्म पनि मधुको […]
नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ टाेलिले निशुल्क स्वास्थ्य शिविर रामेछापको गोकुल गँगा अस्पतालमा सञ्चालन गरिएको छ। काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ११५५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, १०६ जनाको ल्याब परीक्षण, १४५ जनाको युएसजी , गरिएको […]
किमाथाङ्का । सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ । जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुन:स्थापनाका लागि राज्यको ध्यान पुगेको छैन । पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । […]
नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले […]











