काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यसका साथै प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन (२०७९ साउन-२०८० आसार) पेस गर्ने, […]

 (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् । ‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार […]

  बोर्नो । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । यसमध्ये शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको बताइएको छ । राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीले संदिग्ध आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह […]

गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका मृत्यु हुनेमा वर्ष ५५ का भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनि सपना विक र बिपना विक […]

काठमाडौँ: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ […]

अविरल वर्षाका कारण पहिराले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् । घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । गयराती परेको अत्यधिक बर्षाका कारण […]

काठमाडौँ । सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज […]

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प गएपछि त्रसित भएका थिए ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षा २०८०/१५ चैतदेखि २०८०/२७ चैतसम्म भएको थियो । उक्त परीक्षामा सहभागी भएका ४ […]

काठमाडौँ। दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो । अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो […]