Author: सुधार आवाज
काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । पाँचखाल नगरपालिका वडा नम्बर १२ को आजात माविमा नगरपालिका र अनेरास्ववियुको संयुक्त आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा ७०० बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये […]
काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार काम हुन नसकेकाले काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको बताए । ‘यो सरकार संसदको पहिलो र दोस्रो दल मिलेर बनेको छ । यसरी सरकार बनाउनुपर्ने अवस्था कसरी […]
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए । यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार […]
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०:५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत […]
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको छ । यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, […]
सहरी विकासमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए। उनीहरूले उपप्रधानमन्त्री सिंहलाई […]
चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको […]
तुलसीपुर उपमहानगरपालिका वडा न ५मा राप्रपाले वडा अधिवेशन सम्पन्न गरेको छ । अन्जन अधिकारी वडा अध्यक्षमा निर्वाचित भएका छन् । पार्टिको बिधान बमोजीम २५ सदस्यीय वडा कमिटि गठन भएको हो । सुधिर गुरुङको अध्यक्ष्यता एवम केन्द्रीय सदस्य दामोदर भण्डारीको प्रमुख आथित्यमा आज तुलसीपुरमा अबिधेशन सम्पन्न भएको हो । प्रमुख अथिती भण्डारीले मुलुकमा नयाँ राजनीतिक समिकरण […]











