नवलपरासी । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका गेषबहादुर रानाले बताए । बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, […]

झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया […]

काठमाडौँ । सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बुधवार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत […]

काठमाडौँ । लामो अन्तरालपछि काठमाडौं उपत्यकामा वर्षा भएको छ । उपत्यकाको मुलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने लगायतका क्षेत्रहरूमा आज दिउँसोदेखि वर्षा भइरहेको छ। वर्षासँगै काठमाडौंको वायु प्रदूषणमा केही कमी आएको छ। पछिल्ला केही दिनदेखि विश्वका सबैभन्दा प्रदूषित शहरहरूमा पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा झरेको छ। यद्यपि, वायु गुणस्तर सूचकांक (AQI) १७७ रहेकोले अवस्था […]

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । काँक्राखोरका बासिन्दा ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेका थिए । घटनाको कारण नखुलेको र […]

काठमाडौं । अभिनेता विपीन कार्की आफ्नो कम्फर्ट जोन छोडेर पहिलोपटक एक्सन सिनेमामा देखिँदैछन् । ‘कर्मा’मा उनी पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । सोसल ड्रामामा काम गर्दै आएका विपीन पहिलोपटक एक्सनमा काम गर्न कसरी तयार भए ? निर्देशक सौरभ चौधरीको पहिलो अफरमै उनले एक्सन भूमिकामा काम गर्न विपीन तयार भएका थिए । नयाँ नयाँ स्टोरी र जनरमा […]

काठमाडौँ । प्रहरीले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेका दुवै जनालाई आपराधिक उपद्रव कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थपगरी […]

बुधबार, २७ चैत २०८१, १२ : १९ रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार आयोगको कार्यालय जाँदैछन् । सभापति लामिछानेलाई गैरकानुनी पक्राउ गरिएको र पक्राउ गर्दाको प्रहरीले गरेको ज्यादतीविरुद्ध ध्यानाकर्षण गराउन अहिले ११ः३० बजे पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय जान आटेको पार्टीको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए । बुटवलको सुप्रिम […]

बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले […]