Author: सुधार आवाज
१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा जाहेरी परेको अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट शुक्रबार पक्राउ अनुमति पाएको छ। किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका पंचा सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, […]
दोलखा । भीमेश्वर नगरपालिका–४ मा बेरोजगार युवायुवतीलाई लक्षित गरेर सवारी चालक तालिम सञ्चालन गरिएको छ । वडाध्यक्ष तारानाथ चौलागाईंको अगुवाईमा यहाँका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सवारी चालक तालिम सञ्चालन गरिएको हो । तालिम पश्चात् केही व्यक्तिले सरकारले तोकेको मापदण्ड पूरा गरी चालक अनुमतिपत्र (लाईसेन्स) निकाल्न सफल भएका उनले बताए । “यो अभियानमार्फत वडाका युवालाई […]
काठमाडौँ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए । जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब […]
काठमाडौं– त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ४९९ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। शनिबार राती कतारको दोहाबाट हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं आएका झापाका खगेन्द्र दर्जीलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा शरिरमा सुन लुकाएर ल्याएका दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। कतारमा रहेका एक व्यक्तिले उनलाई सुन बोकाएर नेपाल पठाएको […]
काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको […]
काठमाडौँ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म हो ‘पूजार सार्की’ । फिल्मको एक गीत रेकर्ड गर्दै औपचारिक सुरुवात गरिएको छ । शनिवार फिल्मको गीतमा गायक प्रकाश सपूत र शान्ति श्री परियारले स्वर दिएका छन् । गीतको शीर्षक भने अहिले खुलाइएको छैन । लोक शैलीमा तयार गीतमा हर्क साउदको शब्द, […]
वीरगन्ज – आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २ ०३०२१ प ५४३२ नम्बरको यमहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत दुईजना विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा […]
पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ। आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए। मृतक ३४ वर्षीया चनिसरा लम्कामगर छन्। उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको छ। घटनाबारे स्थानीयले आइतबार बिहान […]
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका हुन् । उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा […]











