काठमाडौं । सत्ता गठबन्धन पाँच दलले आज साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्दै छन् । प्रधानमन्त्री कार्यालयले बिहान १० बजे साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले साझा कार्यक्रम सार्वजनिक गर्ने छन् । न्यूनतम् साझा कार्यक्रममा देशको […]

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।  परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ९ बजेसम्म राधामोहन मार्ग–२० मा राखिएको छ । साहित्यकार प्रधानको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने […]

भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ थियो । महाराज शुद्धोदनले उनका लागि एउटा भिन्नै ठूलो बगैँचा बनाइदिएका थिए । सोही बगैँचामा उनी एक दिन टहलिरहेका थिए । त्यसैबेला आकाशबाट एउटा सारस चिच्याउँदै भुइँमा खस्यो । राजकुमार सिद्धार्थले दौडेर त्यो पक्षीलाई समाए । कसैले सारसलाई बाणले हानेको थियो । त्यो बाण अझै पनि सारसको शरीरमा रोपिएको […]

एजेन्सी । आजकल, ठूलो संख्यामा युवाहरू न्यूरोलोजिकल समस्याबाट पीडित छन्, जुन विश्वको लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनिरहेको छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, जीवनको गुणस्तर पनि नराम्ररी प्रभावित हुन सक्छ । यस सम्बन्धमा एउटा चकित पार्ने खुलासा भएको छ । द ल्यान्सेट न्यूरोलोजी जर्नलमा प्रकाशित हालैको अध्ययनले विश्वभर ३ […]

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ मा पर्ने काहुडाँडामा भीषण आगलागी भएको छ । राति ९ बजे नजिकैको जंगलबाट सल्किएको आगो तीव्रगतिमा फैलिएको हो । आगलागीबाट नजिकैको बस्ती जोखिममा परेको छ । आगो लागेको स्थान र वस्तीबीचको दुरी करिब २ सय मिटरको मात्र रहेको स्थानीयले बताएका छन् । अहिले आगो निभाउन दमकल, नेपाल प्रहरी, […]

ढोरपाटन (बागलुङ) : बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो । बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन् । भारी हिमपातका […]

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । […]

काठमाडौं । रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ । जीतपछि पुटिन अब […]

काठमाडौं । रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा प्रयोग भइरहेका नेपाली नागरिकले स्वदेश फर्काइदिने पहल गरिदिन दिनदिनै जसो हारगुहार गरिरहेका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट आफ्ना गुनासा मात्र सुनाइरहेका छैनन, उद्धारका लागि भारतको समेत गुहार मागिसकेका छन् । तर नेपाल सरकारले फिर्ता ल्याउन सकेको छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिले दिनदिनै जसो विभिन्न […]

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । सोही कारण आज बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी […]