म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ । तस्बिर : कमल खत्री

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थाल्नुभएको छ । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न सरकारले संवद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आईतवार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै यस्तो बताउनुभएको हो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे […]

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ । सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा […]

काठमाडौँ । रसुवाकाे जुरेढुङ्गा केन्द्रिवन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ बजेर ४५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । नेपालमा पछिल्लो समय फागुन २८ गते बाजुराको जुगाडा केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ । विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ । शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ । शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले […]

पोखरा । पोखरामा उद्यमी तथा व्यवसायीले सरकारको उचित नीतिको अभावले व्यापार व्यवसाय धरासायी हुँदै गएको गुनासो गरेका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा कोभिड र तत्कालीन सरकार–माओवादीको सशस्त्र द्वन्द्वको समयमाभन्दा पनि अहिले आर्थिक संकट चुलिएको उनीहरूको भनाइ छ । राजनीति तथा तथा सरकारले व्यसायीका गुनासा नसुन्ने तथा आवश्यक […]

ढोरपाटन, (बागलुङ) । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । बाह्रखरी मिडियाद्वारा कास्कीको पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्रीले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि व्यवसायीले ढुक्क भएर लगानी गर्नुपर्ने बताउनुभयो । “देशमा लगानीको वातावरण बनेको […]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । बैठक प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको हो । एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम […]