Author: सुधार आवाज
सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार काश्मीरमा भारतीय सुरक्षा बलले ठूलो खोजी अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ वाचा गर्नुभयो । बुधबार बिहान भारत फर्कनका लागि साउदी अरबको […]
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दु:ख व्यक्त गर्नुभएको छ । मन्त्री डा राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दु:खी र मर्माहत भएको बताउनुभएको छ । मन्त्री डा राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको […]
काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । वैशाख ११ गतेदेखि तय भएको परीक्षा स्थगित गरिएको हो । हाललाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बैठक बसेर नयाँ मिति तोक्ने बोर्डको तयारी छ ।
सोलुखुम्बु । सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनःनिर्माण अघि बढाउने जनाएको छ । आज खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनःनिर्माणलाई सरकारले अपनत्व लिएको बताए । अन्तरराष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुनपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो । “कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भन्नुभयो, “उहाँ मैले बनाएको मन्त्री हो । मैले काम […]
काठमाडौँ । धनुषामा विष सेवनबाट तीन बालबालिकाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो । प्रहरीका अनुसार सुशीलकी श्रीमती ३० वर्षीया पविता साहको अवस्था गम्भीर छ । […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरु सडकमा रहेको र शिक्षकका मागहरु कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाउनु भयो । उहाँले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् […]
काठमाडौं । मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई दिनअघि मात्र अध्यक्षमा नियुक्त भएका उपाध्यायलगायत विरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै उपाध्याय मधश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् । उपाध्यायलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान […]











