काठमाडौं : चीनको नौ दिने औपचारिक भ्रमण सकेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किँदै छन्। उपप्रधानमन्त्री श्रेष्ठ बिहान ११ बजे छेन्दुबाट सिचुवान एयरलाइन्सको बी-६४२२ विमानबाट स्वेदश फर्किने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भ्रमणमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। बेइजिङमा रहँदा श्रेष्ठले नेपाली दूतावासमा […]

खजुरा (बाँके) । बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको […]

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए । यस चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, […]

यो संसारमा सबैभन्दा सुन्दर चरा कुन हो ? यो प्रश्न तपाईंको मनमा अवश्य उठेको होला र यो प्रश्नको उत्तर दिन नसक्ने कोही नहोला किनकी यो संसारमा सबै चराहरु सुन्दर छन् । यद्यपि केही प्रजातिहरूमा निश्चितरूपमा असाधारण विशेषताहरू छन् जसले तिनीहरूलाई अन्य चराहरूबाट अलग राख्छ। आज हामी संसारका ती चुनिएका चराचुरुङ्गीहरूलाई चिन्नेछौँ जसको सुन्दरता अद्भूत र […]

काठमाडौं । सभामुख देवराज घिमिरे स्वीजरल्यान्ड भ्रमणमा गएपछि १० दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११ बजेका लागि बोलाइएको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहज सञ्चालन गर्न दिन्छ कि दिँदैन भन्ने अझै अन्योल छ । सभामुख घिमिरे र प्रमुख दलका सचेतकहरुबीच हिजो भएको छलफलमा अब चार दिन लगातार प्रतिनिधि सभा बैठक […]

गण्डकी । दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ । एक सातादेखि आकाश धुम्म छ । झरी परिरहेको छ । पदयात्राको याममा पर्यटकलाई मौसमले चुनौती दिएको दिवसको भनाइ छ । “मौसम प्रतिकूल हुँदा […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओली र देउवालाई बोलाउनुभएको हो । नयाँ सत्ता समीकरण बनेपछि अध्यक्ष ओली र सभापति देउवा एकै साथ पहिलो पटक बालुवाटार पुग्नुभएको […]

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा मनाङ- देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ। यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा […]

तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्। पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। […]

सल्यानका अधिकांस स्थानिय निकायले मागेको सूचना समेत लुकाउने गरेको पाइएको छ । सल्यान जिल्लाका अधिकांस स्थानिय सरकारले नै सूचनाको माग गर्दा विभिन्न बहाना बनाउदै पन्छिने गरेको पाईएको हो । सूचनाको हक सम्बन्धि ऐनमा समेत परियोेजना खुलाई मागिएको सूचना माग गरेको मितिले १५ दिन भित्र दिनु पर्ने भनि ब्यवस्था गरेको छ । तर सल्यानका स्थानिय निकाएले […]