नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै दिएको अभिव्यक्तिबारे समितिमा बहस गर्न आग्रह गरेका हुन् । “माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न […]

पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी आज तोकिएको छ । नक्काली भुटानी शरणार्थी प्रकरणको आरोप लागेका उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार तोकिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको […]

चौध वर्षअघिसम्म पाल्पाको झिरूबास–काउलेडाँडा वनमाराले ढाकिएको थियो। त्यो डाँडाका स्थानीयको पनि जीवनस्तर राम्रो थिएन। गरिबीका कारण कतिपय बालबालिकाले विद्यालय छोड्नुपर्ने बाध्यता थियो। गाईभैंसी पाल्ने किसानहरू पनि घाँस काट्न निकै टाढा जानुपर्थ्यो। निस्दी गाउँपालिका–३, झिरूबासमा रहेको काउलेडाँडाका स्थानीयवासीको जीवनस्तर अहिले भने उकासिएको छ। स्थानीयको जीवन उकास्ने प्रमुख स्रोत भने अम्रिसो हो। बुट्यान र वनमाराले ढाकिएको डाँडामा अम्रिसो रोपिएपछि […]

ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार बिहान ताइवानको […]

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले सेतोपाटीलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो। […]

फोर्ब्स म्यागजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। फोर्ब्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो। यो वर्ष डलर अर्बपतिहरूको संख्या १४१ जना बढेको छ। अघिल्लो वर्ष २ हजार ६४० जना डलर अर्बपति रहेकामा यसपालि बढेर २ हजार ७८१ जना पुगेका छन्। लुई भिटन तथा सेफोरा […]

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना […]

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनअनुसार महानगपालिकाको शिक्षा विभागले अधिकांश संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने खालका नभएको भन्दै सात दिनभित्र महानगरपालिकामा अनिवार्य सम्पर्क गर्न सूचना जारी गरेको हो । शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन […]

गलेश्वर । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा […]

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएर मात्र राजीनामा दिने निष्कर्ष निकालेको छ। मंगलबार एमाले र माओवादीबीच पटकपटक भएको छलफल निष्कर्षविहीन भएको छ। माओवादीले यही अडान राखेपछि एमालेले आफ्नो निर्णय गर्न सकेको छैन। माओवादीको कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिं परियारले राजनीतिक सन्तुलन मिलाउनका लागि पनि मुख्यमन्त्रीले विश्वासको मत […]