एजेन्सी । के तपाईं पनि आफ्नो मस्तिष्क कनेक्टिभिटी बढाउन चाहनुहुन्छ ? यदि हो भने, एक अध्ययनले किबोर्डमा टाइप गर्नुको सट्टा हातले लेख्नुपर्ने देखाएको छ । हातले लेख्नु भन्दा छिटो हुने, काम चाँडै सम्पन्न हुने भएकाले अक्सर किबोर्डबाट लेख्नेलाई बढी महत्व दिइन्छ । यद्यपि, यो फेला परेको छ कि हातले लेख्दा हिज्जे शुद्धता र मेमोरी सम्झनामा […]

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा हुने भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । यो वर्ष अहिले पुनः पश्चिमी वायुको प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले बादल लाग्न सुरु भइसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो प्रणालीले आइतबार (भोलि) […]

संखुवासभा । संखुवासभाको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३, हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । मकालु–३, नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर […]

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि […]

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तरगत नै बयान लिन थालिएको राससलाई जानकारी दिनुभयो । […]

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन्। शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको आरोप लगाएका हुन्। उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही […]

सर्लाही। भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ । […]

बुटवल । माघ २१ गते प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।

काठमाडौं । दैलेखको महाबु गाउँपालिका–६ की नन्दाकुमारी कटवाल सिंहदरबार धाउन थालेको शुक्रबार १४ दिन भयो । उनको एउटै इच्छा छ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दुःख बिसाउने । तर, यो १४ दिनमा उनलाई प्रधानमन्त्री प्रचण्डले एक मिनेट पनि समय दिएनन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले हरेक दिन कुनै न कुनै वहाना बनाएर उनलाई फिर्ता पठाउने गरेको […]

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका गुल्सनकुमार झाले पहिलो विकेट लिएका छन् । शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले ४.५ ओभरमा विकेटकिपर उत्तम मगरबाट क्याच गराए । आदर्श भारतीय टिमको स्कोरबोर्डमा २१ रन थपे । जारी खेलको पाँच ओभर समाप्त हुँदा भारतले […]