स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ। मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले सम्झौतामा हस्ताक्षर […]

स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए । दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि […]

दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटबाट जुम्लेकुलामा सारिएको छ। यसअघिसम्म शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट सञ्चालन हुँदै आएको कार्यालय वडाकै जुम्लेकुलामा सारिएको हो। पहिलेको ठाउँभन्दा झन्डै साढे २ किलोमिटर पश्चिममा स्थान गरिएको हो । गत माघमा गाउँपालिकाको १५ औं गाउँसभाले कार्यालय स्थानान्तरण गर्ने निर्णय पारित गरेको थियो। तर, त्यसको विरूद्धमा चिराघाटमा चिया नास्ताको पसल सञ्चालन गर्दै आएका […]

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो । मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको […]

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । आज दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा राणालाई स्वागत गर्नुभएको थियो । सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग […]

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री […]

काठमाडौँ, २८ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर […]

काठमाडौँ, २५ साउन : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उहाँले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ […]

काठमाडौं । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको पाइएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जान उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने चार जना सवार थिए । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) […]

  काठमाडौँ —सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट हटाइएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ । एक मन्त्रीका अनुसार ज्ञवालीलाई सीआईबी […]