काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताउनुभयो । ‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, […]

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरुलाई निर्देशन दिनुभएको छ । बिहीवार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा भएको वार्तामा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । गत माघ २५ गते बसेको चिकित्सा शिक्षा […]

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन […]

काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत उनले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त […]

काठमाडौं । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच वैशाख १७ गते एकताको घोषणा हुने भएको छ । दुई पार्टीबीच एकता घोषणा गर्ने तयारी भएको अध्यक्ष राउतको सचिवालयले जनाएको छ । ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’, सचिवालयले भनेको […]

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर […]

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । […]

काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएकाे थियो । बिहान भारतीय […]

काठमाडौँ । शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् । यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ […]

नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघकोे बागचौर नगरपालिका स्तरिय नगर कार्य समिति गठन गरिएको छ । बुधबार आयोजित एक भेलाबाट मनिषा बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा इन्द्रा कुमारी डाँगी, प्रिति थापा वली, सचिव टीका वली, सविता बुढाथोकी, सह(सचिव लक्ष्मी भण्डारी, हिमा शर्मा, कोषाध्यक्षमा यमकला वली डि।सी, सहित ७१ […]