राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी […]

निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेको हुन् । उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउन सके […]

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले नेपाली नागरिकले दक्षिण कोरिया आउने क्रममा भोग्नु परेका समस्याबारे त्यहाँका सांसदको ध्यानाकर्षण गराएका छन् । मंगलबार दक्षिण कोरियास्थित संसद भवनमा डेमोक्रेटिक पार्टी अफ कोरियाका सांसद ली योङ्ग सुनसँग भेट गर्दै काठमाडौँस्थित कोरियन दूतावासमा भिसा प्रक्रियाका क्रममा नेपाली नागरिकले भोग्नु परेको कठिनाइ सहजीकरणका लागि आग्रह गरेका हुन् । […]

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण गरिदिएका छन । मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्। यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो, […]

१९ साउन, काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी […]

कास्की —कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल एक वर्षदेखि अमेरिकामा छन् । श्रीमतीलाई डीभी परेपछि गत वर्ष असारमा वडा सदस्यलाई कार्यवाहक दिएर अमेरिका पुगेका दाहाल फर्किएका छैनन् । केही दिनलाई वडा बाहिर रहने भन्दै उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए ।  दाहालले परिवारका सदस्य दुर्घटनामा […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्‍याइएको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप […]

गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय […]

काठमाडौं, असार २८ – नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रति आभार प्रकट गर्दै दुई महत्वपूर्ण योजना सार्वजनिक गरेको छ। तीमध्ये एक हो ४१ दिने विशेष अफर, जसअन्तर्गत नयाँ बचत खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्षका लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ। बैंकका अनुसार यो अफर असार २८ गतेदेखि भदौ ५ गतेसम्म लागु […]

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीका एक वडाध्यक्षलाई ३ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादवलाई घुस बापत लिएको तीन लाख रूपैयाँ सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। यादव २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन्। अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादव […]