Author: सुधार आवाज
गुलरिया : बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन्। गुलरिया नगरपालिका – २ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र मधुवन नगरपालिका- ८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प […]
काठमाडौँ । राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर […]
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन्। मन्त्री राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरुका साथै […]
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री […]
काठमाडौं । काठमाडौं मेडिकल कलेज केएमसीमा हाइपरम्याङ्गानेसेमियाको सफल उपचार गरिएको छ । यो नेपालमै पहिलो पटक गरिएको सफल उपचार हो । यो रोग संसारका कमै मानिसमा मात्रै देखिन्छ । यही रोगबाट पीडित थिइन् अर्घाखाँचीकी २१ महिनाकी आध्या बिक । दुर्लभ स्नायु सम्बन्धी रोग हाइपरम्याङ्गानेसेमिया बाट पीडित उनको केएमसीमा सफल उपचार गरिएको हो । प्रारम्भमा सामान्य […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । उनले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् । पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए । […]
नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिका कार्यसमितिका उपसभापति पदमबहादुर बुढाको भिरबाट लडेर मृत्यु भएको छ। सेती नदी किनारको तुरे भन्ने ठाउँमा उनको मृत्यु भएको हो। बुधबार तुरेस्थित खेतमा धानको बिउ राख्न गएका बुढा सेती नदीमा बगेको डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए। नदी किनारमा रहेको डुं्गामा कपडा राखेर धानको बिउमा प्रयोग गरिने घाँसको पाला काट्न भिरमा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ […]
काठमाडौं । स्वतन्त्र मेयर बालेन्द्र शाह (बालेन) ले संघीय राजधानी काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको तीन वर्ष पूरा भयो । सबैभन्दा बढी बजेट खेलाउने महानगरका मेयर बालेनको तीन वर्षे शासन उतारचढावमै बिते । झन् यतिखेर महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच भेटघाट र बोलचालसमेत छैन । अर्थात् महानगर स्वयम् अन्योलग्रस्त छ । यहाँसम्म कि मेयर […]
काठमाडौं। नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त हुनु भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।











