काठमामाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उहाँलाई नियुक्त गरिएको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले उक्त जानकारी […]

काठमाडौँ । पोखरा विमानस्थलमा अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरुले सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि नै प्रश्न उठाउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरुले समितिले समयमै निर्णय लिन नसेकको, भएका निर्देशनहरुलाई समेत कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री–मुख्यसचिवलाई समितिमा डाकेर जवाफदेही बनाउन नसकेको भन्दै सांसदहरुले […]

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । सुगौली सन्धी र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली […]

काठमाडौँ । डा शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासमेतको दबाबमा कांग्रेस निकट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै भएको एकता महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष चयन भएपनि […]

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । […]

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरुको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो । उहाँले प्रतिगामी […]

देशका ६७ जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य नाकाको रूपमा रहेको निर्माणाधिन मुग्लीन-नागढुङ्गा सडकको नागढुङ्गा-पिपलामोड खण्ड वैशाख २२ गतेदेखी आंशिक रूपमा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लीन-नागढुङ्गा सडक खण्ड अन्तर्गत त्रिभुवनराजपथको पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै २२ गते देखि वैशाख ३१ गतेसम्म देनिक राति ११ बजे देखि विहान ३ बजे सम्म […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताउनुभएको छ । शनिवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताउनु भयो । उहाँले नेपालले कसैको पक्षमा […]

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताउनुभएको छ । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताउनु भयो । उहाँले […]

नवलपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरे। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले […]