Author: सुधार आवाज
बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताए । सरकार पक्ष र प्रतिपक्ष दलबिच छलफल भए पनि […]
काठमाडौँ । शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्न भयो । सो क्रममा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ। बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको […]
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छली गरी ल्याएका ल्यापटप र मोबाइलसहित विभिन्न मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मी मगर, पाँचथरका कमला फियाक, मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी तथा हुकुमबहादुर मल्ल, उदयपुरका सुमित केसी र मोरङका रसिद आलम छन् । दुबईबाट नेपाल आउने यात्रुलाई १–१ थान ल्यापटप […]
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काेे छैटौं शिखर सम्मेलनमा भाग लिनेे क्रममा आज थाइल्यान्डको बैंकक पुग्नुभएको छ । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुग्नुभएको हो । उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त निर्देशक हितेन्द्र देव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सँगै सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताएका हुन्। उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए। नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भएपनि चलखेल गरिएको […]
काठमाडौँ । काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन् । यही चैत १५ गते (शुक्रबार)को तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । […]
काठमाडौँ । तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । मंगलबार त्रिवि शिक्षण अस्पतालमा उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी महर्जनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । महर्जनको उपचारको क्रममा टिचिङ हस्पिटलमा मृत्यु भएको थियो […]
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ । नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ […]
काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो । यसैगरी, राष्ट्रपति पौडेलले […]











