काठमाडौँ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लाई सम्मानित गरेको हो । राष्ट्र बैङ्कमा शुक्रवार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख […]

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तारलाई तीव्र बनाउन दिनरातै कामदार खटाइएको आयोजनाले जनाएको छ । दिनमा करिब सय जना र रातको समयमा करिब ५० जना कामदार खटाएर निर्माण तीव्र पारिएको चिनियाँ ठेकेदार कम्पनी ‘एनहुई केयुनन हाइवे एण्ड ब्रिज’ का इञ्जिनीयर अनुप श्रेष्ठले  जानकारी दिनुभयो । […]

काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौँ भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो । आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ […]

काठमाडौँ । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनुभयो । […]

मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो । […]

एजेन्सी । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् । चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर […]

काठमाडौँ । नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । बिहीवर अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य […]

काठमाडौँ । सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरुवा गरेको हो । सरुवाको सूचीमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव छन् । त्यस्तै केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ । भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा […]

एजेन्सी । भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए । जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब […]

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएलको ४१ औं खेलमा सनराइजर्स हैदराबादलाई ३५ रनले हरायो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । आरसीबीका तर्फबाट विराट कोहली […]