काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । घिमिरेलाई भेट्न लामिछाने विहान १० बजे सिंहदरबार पुगेका थिए । आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्न लामिछानेले सभामुखलाई भेटेका हुन् । सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी […]

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले […]

काठमाडौं । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरुका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्नेगरी चाउचाउ, विस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरु म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यस सम्बन्धी बैठकमा परराष्ट्र मन्त्री […]

rajendra linden

१८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे । ‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको […]

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताउनु भयो । उहाँले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो रु भन्दै प्रश्न समेत […]

जडिबुटीस्थित सञ्चो उत्पादन गर्ने स्वदेशी वाम कम्पनी हालै राजावादी आन्दोलनको क्रममा आक्रमणको शिकार भयो। प्रदर्शनकारीहरूको अराजक गतिविधिका कारण कम्पनीमा तोडफोड र आ’गजनी हुँदा लाखौंको क्षति पुग्यो। कम्पनीमा जडान गरिएको अत्याधुनिक मेकानिकल सिलिङ मेसिन, जसले प्रतिघण्टा ६,००० बोटल सञ्चो भर्न सक्थ्यो, आ’गजनीबाट पूर्ण रूपमा नष्ट भएको छ। यसले उत्पादनमा ठूलो असर पार्ने देखिएको छ। तोडफोड र […]

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो । शुक्रबार राजावादीहरुको विरोधसभा हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएको हो । बैठक […]

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेका हुन् । यसअघि उनिहरुले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी र तोडफोड गरेका थिए ।

काठमाडौं । राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ। मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहाल ले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई तुरुन्तै अस्पतालमा […]