Author: सुधार आवाज
काठमाडौं : पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन। संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन्। बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामग्री राखेको छ। फोटोमा लेखिएको छ- ‘ह्वाट इज चाइना नोथिङ, […]
इतिहास देखी बर्र्तमान सम्ममा हेर्ने हो भने कला ,संस्कृती र धर्मलाई रितिरीवाज अनि सभ्यताका साथ जस्ताकोे त्यस्तै यथावत रुपमा पछ्याइरहेको जाती भनेको नेवारी जाती । पुर्खादेखि चलिआएको पुख्यौली मुल्य, मान्यता ,शभ्यता भाषा धर्म ,संस्कृति एवंम रितिरीवाजलाई आज सम्म ऐतिहासीक नाम दिएको जातिहरुमा पर्दछन । नेवारी जाती “अरु विग्रन्छ मोजले नेवार विग्रन्छ भोजले । ” यो […]
काठमाडौँ । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पुर्याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पुर्याइनेछ […]
काठमाडौँ । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एलिना निकै चर्चामा रहेकी गायिका हुन् भने विष्णु अस्ट्रेलियामा […]
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गतराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको […]
पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ । लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी कामपा […]
ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जितपुर–सीमरा गोल्डकपको फाइन खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको हो । बारा प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दूरसञ्चार नजिक ट्याङ्करको ठक्करबाट […]
एजेन्सी । हाल बलिउडका किंग शाहरुख खान सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दैछन् । भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका […]











