चक्रपथ निमार्ण योजना बिभिन्न बहानामा पुर्याइयो कोमामा अझै हुन सकेन निमार्णको काम सुरु

कुनै समय भन्ने गरिन्थ्यो काठमाण्डौँ सहर हेर्दा लाग्छ रहर । तर अहिले ”काठमाण्डौँ सहर जता हेर्यो फोहर, काठमाण्डौँ आकै छु, धुलो मैले खाकै छु ”भएको छ । चक्रपथ बिस्तार निमार्णको काम अगाडि बढाउन खोज्दा एक पछि अर्को समस्याले गर्दा यति बेला चक्रपथ बिस्तार योजना कोमामा पुगेको छ । रातारात सुविधा सम्पन्न अस्पताल निमार्ण गरि विश्व कृतिमाण राखन सक्ने चिनले नेपालको निमार्ण योजनाहरु भने अलपत्र पारेको छ । ”मेड ईन चाईना, आज छ भोली छैन” भन्ने भाष्य निमार्ण भैरहेको बेला मेड ईन समेत हुनै नपाई चक्रपथ विस्तार योजना कोमामा पुगेको छ ।

बिज्ञापन

चिनियाँ अनुदानमा काठमाडौं चक्रपथ विस्तार गर्ने द्विपक्षीय सम्झौता यसअघि नै भइसकेको छ । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोवाटो–एकान्तकुना–कलंकीखण्डको विस्तार कार्य २०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्न २०७५ मै नेपाल र चीनबीच सम्झौता भएको थियो । तर, सम्झौता भएको चार वर्ष बित्दा पनि त्यसको कार्यान्वयन अलपत्र अवस्थामा छ । चार वर्षसम्म चीनले त्यससम्बन्धी डिपिआर (डिजाइन) समेत बनाउन सकेको छैन । यद्यपि, अब औपचारिक रूपमा चक्रपथ विस्तारको थप काम बढाउने चिनियाँ प्रतिनिधिले आश्वासन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता उमेश बिन्दु श्रेष्ठले बताए ।

बिज्ञापन

चक्रपथ विस्तारका मुख्य घटनाक्रम

३ पुस ०६९ (१८ डिसेम्बर २०१२) : पहिलो खण्ड ९कोटेश्वर–कलंकी० विस्तार गर्न नेपाल–चीन सम्झौता
२ चैत ०६९ (१५ मार्च २०१३ : पहिलो खण्ड विस्तारको काम सुरु
४ माघ ०७४ (१७ जनवरी २०१८) : दोस्रो खण्ड ९कलंकी–धोबीखेला० विस्तार गर्न नेपाल–चीन सम्झौता
असार ०७५ (जुलाई १०१८) : पहिलो खण्ड विस्तारको काम सम्पन्न
मंसिर ०७८ (डिसेम्बर २०२१) : चिनियाँ प्राविधिक टोलीद्वारा आयोजनास्थल अनुगमन
कात्तिक ०७९ (नोभेम्बर २०२२) : एक चिनियाँ विशेष प्रतिनिधिको अनौपचारिक अध्ययन

बिज्ञापन

यस्तो छ इतिहास

चीनकै अनुदानमा १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । अहिले चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको विस्तार गर्न आयोजना अघि बढाएको हो । त्यसका लागि नेपाल र चीनबीच सहमित भएको थियो । चक्रपथमा बीचमा चार लेनको मुख्य सडक र दायाँ–बायाँ २–२ लेनको सडक बनाउने योजना छ । समग्रमा चक्रपथको चौडाइ ६२ मिटर बनाउने योजना छ । त्यसमा आठ लेनको सडक बनाउँदा ५० मिटर जग्गा प्रयोग हुनेछ । त्यसबाहेक दायाँ–बायाँ ६–६ मिटरको सर्भिस ट्र्याक भने नेपालले बनाउनेछ । तर, महराजगन्ज चोकको करिब दुई सय ४४ मिटर सडकखण्डमा ३० मिटर मात्रै कायम गरिएको छ । त्यहीँ रहेका १९ वटा निजी संरचना र जग्गा पूरै अधिग्रहण गर्नुपर्नेछ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसकेको छ । यसअघि कलंकीदेखि–धोबीखोलासम्मको ११।६ किलोमिटर विस्तारको लक्ष्य लिए पनि पछि नारायणगोपाल चोकसम्म विस्तार गर्ने र बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने बताइएको थियो । तर, अहिले आएर नारायणगोपाल चोकसम्मको खण्ड पनि विस्तार नहुने पक्का भएको छ । उक्त चोकभन्दा दुई सय ४४ मिटर पछि रहेको वसुन्धरासम्मको खण्ड मात्रै विस्तार गरिनेछ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि सरकारले एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो आयोजना बनाउन ६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ । तर, आयोजनाको डिजाइन बनेपछि मात्रै यसबारे टुंगो लाग्नेछ ।

यस्तो हुन्छ अबको प्रक्रिया

चीनले आयोजनाको डिपिआर ९डिजाइन० पेस गरेपछि नेपालले स्वीकृति गर्नुपर्ने हुन्छ । त्यसपछि चीनले नै उक्त आयोजना निर्माण गर्न टेन्डर आह्वन गर्नेछ । उक्त टेन्डरमा छनोट हुने कम्पनीले नै आयोजना बनाउनेछ । त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी भने नेपाल सरकार, सडक विभागले नै पाउनेछ ।

सम्भवतः दोस्रो खण्डको निर्माण गर्ने ठेक्का पनि पहिलो खण्ड बनाउने चिनियाँ सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले पाउन सक्ने बताइएको छ । उक्त कम्पनीले पहिलो खण्ड निर्माण गर्दा प्रयोग गरेका उपकरणहरू नेपालमै छ । दोस्रो खण्डको विस्तार गर्ने उद्देश्यअनुसार नै कम्पनीले उक्त उपकरणहरू यहीँ राखेको बताइएको छ ।

अन्य खण्डको विस्तार भने अन्योलमा

यसबाहेक चक्रपथको अन्य खण्डको निर्माण भने अझै अन्योल अवस्थामै छ । उक्त खण्डहरू कहिले र कुन मोडलमा बनाउने अझै टुंगोसमेत लागेको छैन । नारायणगोपाल चोकमा रहेको मुआब्जा विवाद अझै कायम छ । नारायणगोपाल चोकदेखि धोबीखोलाखण्डको साइट क्लियरेन्स अझै हुन सकेको छैन । धोबीखोलादेखि तिलगंगासम्म खण्डको विस्तारबारे भने अझै अध्ययन भएको छैन । तिलगंगादेखि कोटेश्वरखण्डको विस्तारबारे काठमाडौं डिभिजनले दुई वर्षअघि नै अध्ययन गरेको थियो । उक्त अध्ययनले आयोजना निर्माणमा बढी लगानी लाग्ने देखाएपछि तत्काल उक्त खण्ड विस्तार नगर्ने मनसायमा सरकार पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु