ह्वाट्सएप स्क्याम, बाट यसरी जोगिन सकिन्छ

 

बिज्ञापन

बिज्ञापन

ह्वाट्सएप स्क्याम, बाट जोगिने कसरी ?

काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाटसएप विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एप मध्ये एक हो । २०० भन्दा बढी देशमा प्रयोग हुने यो एप दशौं करोड मानिसहरूले चलाउँछन् ।

यो एप क्रमशः साइबर अपराधीका लागि समेत केन्द्र बनेको छ । प्रयोगकर्तालाई अनेक किसिमका प्रलोभन वा झुक्क्यानमा पारी ठगी हुने गरेका कयौं मामिला दिन प्रतिदिन बाहिर आइरहेका छन् ।

बिज्ञापन

आज हामी ह्वाट्सएप प्रयोगकर्ता माथि के कस्ता तरिकाबाट स्क्याम अर्थात् धोकाधडी हुने गरेको छ भन्ने विषयमा चर्चा गर्दैछौं, ता कि तपाईं पनि त्यस किसिमको स्क्यामको सिकार हुन बाट जोगिन सक्नु होस् ।

यसरी हुने गर्छ ह्वाट्सएपमा स्क्याम

ह्वाट्सएपमा मिस्डकल दिएर, भिडिओ कल गरेर, जागिरको अफर दिएर, लगानीको आकर्षक योजना देखाएर, आफ्नो पहिचान परिवर्तन गरेर, स्क्रिन शेयर गरेर तथा फिशिङ मार्फत स्क्याम भइरहेको हुन्छ ।

कतिपय अवस्थामा त अपराधीले प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट नै हाइज्याक गरी प्रयोगकर्ताको सम्पर्कमा रहेका व्यक्तिहरूलाई मसेज पठाएर पैसा माग्ने काम गरिरहेका हुन्छन् ।

कसरी जोगिने ?

ह्वाट्सएपमार्फत हुने यस किसिमका ठगीबाट जोगिनका लागि निम्न तरिका अपनाउन सक्नु हुन्छ ।

१. ह्वाट्सएपमा आउने कुनै पनि अपरिचित कल अथवा भिडिओ कल रिसिभ नगर्नुहोस् । यस प्रकारका कल खासगरी सेक्सटोर्सनसँग सम्बन्धित हुने गर्छन् । जसमा नग्न अवस्थामा युवती देखिन्छिन् र त्यसैगरी कल रिसिभ गर्ने व्यक्तिलाई समेत नग्न रूपमा प्रस्तुत हुन आग्रह गरिन्छ । केही व्यक्तिले लहलहैमा त्यसैगरी आफू पनि नाङ्गीने गर्छन् ।

यदि तपाईंले त्यसरी आएको कल रिसिभ गर्नु भयो तर केही बेरमै आफू संलग्न नभएरै काटिदिनु भयो भने पनि डिपफेक अथवा भिडिओ एडिटिङ गरी तपाईंको अनुहार कुनै नग्न शरीरसँग जोडेर भिडिओ बनाइन्छ । यसरी हात पारेको भिडिओ देखाएर ठगहरूले असुली गर्ने गर्छन् ।

२. ह्वाट्सएपमा लगानीको योजना अथवा जागिरसँग सम्बन्धित कुनै प्रकारको अफर वा प्रस्ताव आयो भने त्यसप्रति अधिक सावधानी अपनाउनु होस् ।

३. ह्वाट्सएपमा रहेको स्क्रिन शेयरिङ फिचरको प्रयोग हरेक पटक गर्ने कार्य नगर्नुहोस् । यो फिचर परिवारका सदस्यहरूसँगको कुराकानीमा मात्र प्रयोग गर्नुहोस् ।

४. ह्वाट्सएपमा कुनै परिचित व्यक्तिको कल आउँदा उसको आवाजलाई राम्रोसँग ध्यान दिनुहोस् । परिचित व्यक्तिको मेसेज देखेर तुरुन्तै रकम भुक्तानी गर्ने गल्ती नगर्नुहोस् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु