हिन्दू राष्ट्रको एजेण्डाले यसरी प्रवेश पायो कांग्रेस महासमितिमा

काठमाडौँ । नेपाली कांग्रेको महासमिति बैठक आघि साँझ सकिएको छ । यही फागुन ७ गतेबाट सुरु भएको महासमितिको बैठक केही प्रस्तावहरुलाई परिमार्जनसहित पारित गर्दै आजै सम्पन्न भएको हो ।

बिज्ञापन

यो बैठक समापन अघि त्यहाँ नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्ने प्रस्तावले प्रवेश पाएको छ । सो प्रस्तावले प्रवेश पाउला नपाउला भन्ने विविध अड्कलबाजी तथा कौतुहलताका बीचमा सो एजेण्डाले प्रवेश पाएको हो । महासमितिका सदस्यहरुले यस विषयमा अभियान पनि चलाएका थिए ।

बिज्ञापन

नेपाललाई हिन्दू राष्ट कायम गरिनुपर्ने र त्यो एजेण्डालाई पार्टीबाट निर्णय पारित गरिनुपर्ने अभियान कांग्रेसभित्रैबाट थालिएको थियो । तर त्यसमा पार्टीका संस्थापन पक्ष सहमति थिएन । खासगरी पार्टी सभापति शेरबहादुर देउवा र उनका नजिकका नेताहरु हिन्दू धर्मको पक्षमा रहेको भए पनि अहिले धर्मको एजेण्डा ल्याएर पार्टीमा विवाद भित्र्याउन खोजेको भन्दै त्यता नलाग्न बारम्बर भनेका थिए । तर पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले यो अभियान नै अघि बढाए ।

उनीहरुले पार्टीको महासमिति बैठक स्थल गोदाबारीको हलको बाहिर स्टल राखेरै यसका पक्षमा हस्ताक्षर गराए । सो एजेण्डमा पार्टीका झण्डै बहुसंख्यक महासमिति सदस्यहरु, एक हजार ६३ जनाले नै हस्ताक्षर गरेका थिए । त्यसैले शंकर भण्डारी सो प्रस्तावलाई औपचारिक रुपमा बैठकमा प्रवेश गराएर पारित नै गराउन चाहन्थे । तर सभापति देउवा भने त्यसलाई बैठकमा लैजानै नदिने दाउमा थिए ।

बिज्ञापन

त्यसपछि भण्डारीले देउवासँग बार्गेनिङ गरेका थिए । उनले आफ्ना पक्षमा बहुसंख्यक सदस्यहरुले हस्ताक्षर गरेकाले यदि सो प्रस्तावलाई औपचारिक रुपमा महासमितिको बैठकमा पेश गर्न नदिने हो भने सो अभियानका आफूहरु सबैले पत्रकार सम्मेलन गर्ने र महासमितिका बहुसंख्यक सदस्यले हस्ताक्षर गरेको प्रस्तावमा पनि औपचारिक रुपमा छलफल गर्न नदिइएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएका थिए ।

त्यसपछि मात्र सभापति देउवा सो प्रस्तावलाई बैठकमा औपचारिक रुपमा पेश गर्न दिन सहमत भएका थिए । त्यसपछि मात्र दिउँसो ३ बजे भण्डारीले सो प्रस्ताव प्रस्तुत गरेका थिए । उनले हिन्दू धर्मको प्रस्ताव महासमिति बैठकमा पेश गरेपछि हलमा रहेका सबैले तालि बजाएर स्वागत गरेका थिए ।

यसरी सो महासमिति बैठकमा यस विषयमा कुनै निर्णय हुन नसकेको अर्थात पास या फेल भएको नभए पनि नेपालमा धार्मिक निरपेक्षता कायम भएपछि पहिलो पटक यसरी पार्टीको औपचारिक बैठकमा हिन्दू धर्मको एजेण्डाले प्रवेश पाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु