हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कुपन्डोल कार्यालयमा आगलागी

३ जेठ, काठमाडौं । ललितपुर कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी कार्यालयमा आगलागी भएको छ ।

तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी सहित पाँच संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

बिज्ञापन

मर्ज भए पनि पाँच संस्थाको एकीकृत कारोबार भएको छैन । सहकारी विभागमा मर्ज भएका संस्थाको डिमर्जका लागि आवेदन परेको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी अध्यक्ष रहेका केबी उप्रेती नै मर्जरपछिको संस्थाको पनि अध्यक्ष बनेका थिए ।

बिज्ञापन

सहकारीमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । राष्ट्रिय सहकारी बैंक अध्यक्षसमेत रहेका केबी उप्रेती अध्यक्ष रहेको सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताबाट उजुरी संकलन गरिरहेको छ ।

बिजुली महसुल नतिरेको भन्दै सहकारी कार्यालय रहेको चौथो तलाको लाइन काटिएको छ । लाइन काटिएको सहकारी कार्यालयमा कसरी आगलागी भयो भनेर अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

बिज्ञापन

ललितपुर प्रहरीको अनुसार चौथो तलामा रहेको सहकारी कार्यालय बन्द अवस्थामा थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु