सेतो मच्छिन्द्रनाथ जात्रा र नेवारी समुदाय

इतिहास देखी बर्र्तमान सम्ममा हेर्ने हो भने कला ,संस्कृती र धर्मलाई रितिरीवाज अनि सभ्यताका साथ जस्ताकोे त्यस्तै यथावत रुपमा पछ्याइरहेको जाती भनेको नेवारी जाती । पुर्खादेखि चलिआएको पुख्यौली मुल्य, मान्यता ,शभ्यता भाषा धर्म ,संस्कृति एवंम रितिरीवाजलाई आज सम्म ऐतिहासीक नाम दिएको जातिहरुमा पर्दछन । नेवारी जाती “अरु विग्रन्छ मोजले नेवार विग्रन्छ भोजले । ” यो भनाइ हाम्रो प्ुर्खाहरुको हो वर्षमा ३६५ दिनमा ३६५ दिन नै केहिन केही पुजाआजा र केही धार्मिक कारणवस सानेतिनो भोजभतेर गरीरहने नेवार जातिहरुको सबैभन्दा ठुलो जात्रा सेतो मछिन्द्रनाथको रथ जात्रा हो ।चैत्र शुक्ल अष्टिमी बाट शुरु हुने यो रथ जात्रा रथ तानेर मंगलबार तिन धार पाठशालाबाट शुरु भएको हो । रथ जात्रालाई तानेर असन ,बालकुमारी ,कलटोल ,इन्द्र चोक ,मखन हुदै हनुमान ढोका परीक्रम गराउने चलन रहेको छ ।
यस रथ यात्रालाई दरबार परिसरमा मरुटोल, जैशिदेवल ,ज्यावहाल हुदै लगनचोक पु¥याइन्छ । मछिन्द्रनाथको रथ लगन पुगे पछि यसको स्वागत गरी भोज खाने चलन छ । नेपाल हिन्दु राष्ट्र हो र यो हिन्दुहरुकै थलो हो भन्ने भान आज पनि पर्यटकहरुलाई ज्ञात गराउने काम नेवार समुदायले गरेको छ । नेवार समुदायहरु दशै तिहार भन्दा पनि मछिन्द्रनाथ रथ जात्रालाई ठुलो मान्ने र भव्यताका साथ मनाउने गर्दछन । आफ्नो संस्कृतिक भेषभुषा र आभुषणमा सजियर आफ्नै मौलिकता झल्कने नेवारी भाषाको गितमा दोचा लगाएर बाँसुरी र धेमे बजाएर मौलिक नाच प्रर्दशन गर्ने गर्दछन । धनी गरीब सबैले आ आफ्नो गक्ष अनुसारको खर्च गरेर पुरा धार्मिक रितिरीवाजका साथ मछिन्द्रनाथको जात्रा मनाउने गर्दछन । सयौ बर्षदेखी पुर्खाहरुले मनाएको र स्थापना गरेको रितिरीवाज र चाल चलनलाई हुबहु जस्ताको तस्तै अनुसरण गर्ने भएकोले गर्दा नै नेवार समुदाएको संस्कृत र धर्म विश्व पख्र्यात रहेको पाइन्छ । विभिन्न देश विदेश बाट पर्यटकहरु आउने र नेवारी समुदायको खाना देखी भेष भुषा अनी रहनसहनमा मन्त्रमुग्ध भएर नर्फकिने पर्यटकहरु सायद विरलै भेटिन्छन होला ।
आधुनिक जमना संगै परिर्बनत भएको मानिसको सोच र भेषभुषा सबैमा आधुनिकता पाइन्छ , तर नेवारी समुदायमा आजसम्म पनी पश्चिमी फेसनले खासै केही असर पार्न सकेको छैन । २१ औ शताब्दीमा आएर पनि आफ्नो मौलिक मूल्यमान्यतालाई आधुनिकताले केही फरक पार्न सक्दैन भन्ने उदाहरण नेवारी समु्दायका युवायुवतीहरुमा पाइन्छ ।

बिज्ञापन

लेखक ः सन्जु तामाङ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु