सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड

काठमाडौँ । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ ।

चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पुर्याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पुर्याइनेछ ।

बिज्ञापन

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

बिज्ञापन

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा शुरु भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु