सुनिल कुमार शर्माको टाेलिले ९६३ जनालाई गर्‍यो निशुल्क उपचार

नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ टाेलिले निशुल्क स्वास्थ्य शिविर सिन्धुलिको हरिहरपुर गढिमा सञ्चालन गरिएको छ।
काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ९६३ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा १०३ जनाको इसिजी, १४७ जनाको ल्याब परीक्षण, १२१ जनाको युएसजी , गरिएको छ ।
शिविरमा आएका मध्ये ३५ जनाको दाँत खोलिएको तथा ४३ जनालाई थप उपचारका लागि ओटी रेफर समेत गरिएको छ । गम्भिर प्रकारका रोग देखा परेका तथा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने बिरामीलाई रेफर गरिने गरिएको केएमसीका जनरल मेनेजर दाहालको भनाई छ ।
शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिइएको छ । सांसद शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाएका हुन् ।
महेन्द्र म्याग्दी प्रथामिक स्वास्थ केन्द्र हरिहरपुर गढिमा संचालित निःशुल्क स्वास्थ्य शिबिर कारीतास नेपाल सँगको सहकार्यमा आयोजना गरिएको हो ।

बिज्ञापन

तस्वीरहरु

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु