सुकमेल खेती र सुकमेलका फाइदाहरु



सुकमेल मसलाको रानी हो, यसलाई सबैभन्दा महंगो मसलाको रुपमा लिइन्छ । वर्तमान अवस्थामा हेर्ने हो भने किसानहरु सुकमेल खेती गरेर मनग्य आम्दानी गरिरहेका छन । सामान्यतया अलैचीँ खेती हुने ठाउँमा यसको खेती मज्जाले गर्ने सकिने भएको हुनाल] पनी यसको खेती फस्टाएको हो । यसले खेती गरेको २ देखी ३ वर्षबाट उत्पादन दिने भएकाले यसको खेती उत्पादनमा बृद्धी भएको हो ।
यसरी गरिन्छ खेती यसको लागी समुन्द्रको सतहबाट ६०० किलो मिटर देखी १७०० मिटर सम्म दोमन चिस्यान माटो ,कालो माटो आदिमा यसको खेती हुँन्छ । यसका विरुवा लगाउदा २०० से.मी फरक गरी लगाइन्छ ,लगाएको २(३ वर्षमा उत्पादन सुरु गर्नुपर्ने हुन्छ ,एकरोपनी जग्गामा ३०(४० केजी उत्पादन हुन्छ
बजार स्
मसलामा सुकमेलको माग अत्यन्तै ज्यादा रहेको छ । यसलाई मसलाको रानी पनी भन्ने गरीन्छ । बजारमा यस को मुल्य १५०० देखी १८०० सम्म छ हालसेलमा भने प्रती के.जी १५०० सम्म बेच्ने गरेको पाइन्छ ।
सुकमेलका फाइदा स्
ज्ञ। मुटुको धड्कनमा सुधारः
आजकल मुटुको रोग सामान्य भएको छ। प्रायः मानिसहरूको मुटुको धड्कन कम हुन्छ। मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ। सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो। सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ।
द्द।फोक्सोको समस्यालाई हटाउन स् सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ। आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।
घ। रक्तचाप नियन्त्रण स्
सुकुमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ। मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ। यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ।
द्ध।मुखको गन्ध हटाउन स्
सुकुमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ। यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ। यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाइको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकुमेल मुखमा राख्न सक्नुहुन्छ।
छ। कब्जियतबाट राहत स् तपाईंलाई कब्जियत छ भने पनि सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ। यसले तपाईँको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ।
ट। वैवाहिक जीवनलाई सुखी बनाउन स्
सुकमेलको सेवन गर्नाले तपाइको सेक्स लाइफ अर्थात् यौन जीवनलाई पनि राम्रो हुन्छ। प्रत्येक दिन सुकुमेलको प्रयोग गर्नाले तपाईँको यौन जीवन सही रहन्छ र तपाईँको जिवन साथी पनि सधैँ खुशी हुन्छिन्। नपुंसकतामा पनि सुकुमेलको प्रयोग गर्नु फाइदा हुन्छ।
ठ।उल्टी हुने समस्यामा राहत
लामो दूरीको यात्रा गर्दा उल्टी हुने समस्या हुन्छ । यात्रा शुरु गर्नुभन्दा पहिला सुकुमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ। यदि तपाईँलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ।
ड। घाँटी दुख्ने समस्या हटाउन
मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकुमेलको प्रयोग गर्नुहोस्। यसले दुखाइबाट राहत दिन्छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु