साउदी अरबका लागि डा.नरेश विक्रम ढकाल नयाँ राजदूत सिफारिस

काठमाडौँ :  नेपाल सरकार सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

उक्त सिफारिसमा साउदी अरबका लागि नेपालका नयाँ राजदूत डा. नरेश विक्रम ढकाल सिफारिस भएका छन् । यसअघि उनि कतारका लागि नेपाली राजदूत भैसकेका हुन् । उनले ३ वर्ष भन्दाबढी कतारका लागि नेपाली राजदूतको कार्यकाल सकेर नेपाल फिर्ता बोलाइएका थिए । कतारका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका डा. ढकालको कार्यकालमा  उपलब्धि तथा सफलतापूर्ण हिसाबले लिएको छ । उनको कार्यकालमै नेपालमा पहिलो पटक कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमण भएको थियो । उक्त उच्चस्तरीय भ्रमणले नेपाल-कतारको सम्बन्द थप उचाइमा रहेको बुझिएको छ ।

बिज्ञापन

यस्तै राजदूत सिफारिस हुनेमा सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ । अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका एक मन्त्रीले बताए । त्यस्तै दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे र मलेसियामा नेत्र तिमल्सिना सिफारिस भएका छन् ।चीनमा कृष्णप्रसाद ओली र जर्मनीमा शैल रूपाखेती सिफारिस भएका छन् । पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सफारिस भएका छन् । स्पेनमा सनिल नेपाल  सिफारिस भएका छन् । इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल र अस्ट्रेलियामा कान्ता रिजाल सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु