सांसद शर्माको केएमसी टोलीले काभ्रेको पाँचखालमा , ५५५ बिरामीको गर्‍यो निशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको पाँचखाल २ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
पाँचखाल नगरपालिका वडा नं २ भक्रमदेबि मा. बि मा पाँचखाल नगरपालिका २ न. वडा कार्यालयको आयोजना तथा केएमसिको प्राविधि सहयोगमा सोमबार भक्रमदेबि मा. बि मा स्वास्थ्य शिविर गरिएको हो ।

बिज्ञापन

शिविरमा ५५५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिज्ञापन

बिरामीमध्ये ६५जनाको ईसीजी, ८८ जनाको युएसजि ३१ जनाको ल्याब परीक्षण गरिएको थियो ।

१८जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई केएमसिमा थप उपचारको लागि रेफर गरिएको छ ।डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

बिज्ञापन

फोटाेहरु

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु