सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छः सुनिल शर्मा

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन् ।

बिज्ञापन

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

बिज्ञापन

उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर सांसदहरूलाई दिनैपर्ने बताए । उनले नेपाली नागरिकको पक्षमा कानुन बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे ।

‘विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्नेकुरा थाहा हुन्थ्यो । सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्नेकुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ । कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पाल्र्यामेण्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ । बुझ पचाएर बस्न पाइँदैन ।’ उनले भने,तपाईंले क्यालेण्डर दिनैपर्छ । आज यसको उत्तर पनि दिनुपर्छ, क्यालेण्डर दिने की नदिने, नदिने भए किन ? कि त हामीलाई तिमीहरु कमलरी हौ भन्नुपर्यो नत्र हामीले जे भन्यौँ त्यसो गर्नुपर्छ, तिमीलाई हामी क्यालेण्डर दिँदैनौँ, आउ तिमीहरु भन्नुपर्छ । नत्र हामीलाई गर्ने व्यवहार हलि गोठाको जस्तो जति बेला बोलायो, त्यति बेला आइदिनुपर्ने, अनि महिनाभर क्यालेण्डर नदिने । यो हुनु हुँदैन । नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरौँ । कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो ।’

बिज्ञापन

सांसद शर्माले सांसदहरु समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु