सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत अगाडि नाराबाजी गरेको आरोपमा प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ ।

बिज्ञापन

आइतबार साँझ सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

बिज्ञापन

भुसालले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित केहि युवाहरुले कलंकीमा र्‍याली निकालेका थिए ।

भुसाल अहिले पनि प्रहरी हिरासतमै रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु