सन्दीपको आगमनले थप बल मिलेको छ – कप्तान पौडेल

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले यस्तो बताएका हुन् ।

बिज्ञापन

नेपालले शनिबार बिहान तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको दाबेदार टोली दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

बिज्ञापन

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका सन्दीप यो खेलमा भने उपलब्ध हुनेछन् ।

आईसिसीको प्रेस मिटमा ‘रोहितले भने ‘जसरी पनि दक्षिण अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं । सन्दीपको आगमनले स्पिन आक्रमण अझै बलियो बनेको छ । हामी मानसिक रूपमा पनि तयार छौं । सन्दीपले धेरै क्रिकेट खेल्नुभएको छ । उहाँसँग धेरै अनुभव छ । उहाँले नियमित अभ्यास पनि गरिरख्नुभएको छ । उहाँ राम्रोसँग तयार हुनुहुन्छ ।’

बिज्ञापन

‘हामी मैदानमा उत्रिएपछि हाम्रो मानसिकता नै कसरी जित्ने भन्ने हुन्छ । हाम्रो टीमको राम्रो तयारी छ । दक्षिण अफ्रिकासँग खेल्नलाई उत्साहित छौं ।’ रोहितले थपे ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो ।

नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु