काठमाडौं : पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन। संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्याइरहेका छन्।
बिज्ञापन
बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामग्री राखेको छ।
बिज्ञापन
फोटोमा लेखिएको छ- ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन। तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामग्री राखिएको रहेछ। केही समयअघि मात्रै हामीले थाहा पायौं। यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ।’
सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेभसाइटमा पछिल्लो समय निरन्तर जसो डाउन र ह्याक हुने प्रवृत्ति बढेको छ। जसले संसदीय सूचनाको संरक्षणमा असर गरेको छ।