विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,

विराटनगर, २८ माघ । विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ २५ वर्षीय नगेन चौधरी रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताउनुभयो ।

बिज्ञापन

बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३–००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को३६प २८८९ नं. को मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते हुनुहुन्छ ।

बिज्ञापन

उहाँको दुबै घुँडामा सामान्य चोट लागेको छ । दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको थियो । ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको छ । ट्रक चालक जिल्ला चितवान राप्ती नगरपालिका वडा नं। ११ का ४१ वर्षीय शेरबहादुर राई सामान्य घाइते छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु