लुम्बिनीमा जोखबहादुर महराले बुझाए बहुमत सांसदको हस्ताक्षर

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् ।

बिज्ञापन

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि महराले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । उनले ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् ।

बिज्ञापन

प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु